श्रावण १७
१। गोलभेंडा स् गोलभेंडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ ।
२।पालुङगो स् पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा बृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रबाह समेत बढाइदिन्छ ।
३। भिन्डी स् भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ जसको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या हटाउँछ र यौनक्षमतामा बृद्धि ल्याउँछ ।
४। प्याज स् प्याज स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसको सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन इच्छा प्रबद्धन गर्न सहयोग गर्छ ।
५। ब्रोकाउली स् यसमा पाइने पौष्टिक तत्वले यौन क्षमतामा बृद्धि ल्याउनुका साथै समग्र स्वास्थ्यका लागि लाभदायी हुन्छ ।
६। लसुन स् लसुनमा कमोत्तेजक गुण हुन्छ जसले शरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीलाई संकुचन प्रवाह रोक्छ ।
७। गाजर स् गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ ।
८। गान्टेमूला स् यसमा प्रशस्त मात्रामा नाइटेट नामक तत्व हुन्छ जसले योनाङ्गमा रक्तप्रवाह बढाइदिन्छ र यौनक्षमतामा बुद्धि ल्याउँछ । यसको सेवनले हर्मोन सन्तुलनमा सहयोग ल्याउनुका साथै यौन स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ ।
यसका अलावा खानानमा बिशेष ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । बढी मात्रामा अमिलो,, चिल्लो, पिरो, मसालेदार खानाको सेवन कम गर्नु राम्रो हुन्छ ।
श्रावण १६
संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।
१ महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।
२ यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् । ३ यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।
४ स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।
५ यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।
श्रावण १६ काठमान्डौ
दक्षिण कोरिया जाने नेपाली कामदारका लागि सीपमा आधारित परीक्षा प्रणाली लागू गर्न एक वर्ष ढिलाई हुने भएको छ ।
कोरियाले सन् २०१९ देखि नेपालबाट कामदार लैजाँदा सीप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको छ । तर, नेपालको कमजोर तयारीले थप एक वर्ष ढिलो हुने अवस्था आएको हो । नेपालले प्राविधिक तयारी गर्न अप्ठ्यारो हुने भन्दै सन् २०२० बाट मात्रै सीपमा आधारित भाषा परीक्षा सुरु गर्ने योजना बनाएको छ ।
यसअनुसार रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा मात्रै उत्तीर्ण गरी रोजगारीका लागि कोरिया जाने क्रम २०१९ सम्म मात्रै चल्नेछ । त्यसपछि हातमा सीप नभएका युवालाई कोरियाले ‘अयोग्य’ ठहर्याउने छ । यो पद्धति लागू भएपछि कोरिया जानेहरुले भाषा परीक्षा पनि कम्प्युटरमार्फत नै दिनुपर्ने छ ।
रघुनाथ बहुमुखी क्याम्पस बौनियामा अनिश्चीतकालीन तालावन्दी कायमै रहेको छ ।बिद्यालयमा तालावन्दी भएको ५ दिन बिती सक्दा पनि तालावन्दी खुल्न नसक्दा पढाई प्रभावित भएको छ ।नव निर्वा्चित जनप्रतिनिधीहरुलाई सम्मान गर्ने बहानामा पार्टिका झण्डा राखी राजनितीक त्रियाकलाप सँञ्चालन गरेको भन्दै स्वतन्त्र बिधार्थी युनियनले श्रावण १० गतेबाट अनिश्चितकालिनन ताला बन्दी गरेको छ । क्याम्पसमा ताला खुलाउनको सट्टा बन्दाकर्ता र बिद्यालय प्रसासन आरोप प्रत्यारोपमै व्यस्त रहेका छन् ।यो घटनालाई बिद्यालय प्रसासनले निकैनै चासोको रुपमा लिएर क्याम्पसमा पठन पाठनको बातावरण मलाउन तयार रहेको भए पनि बन्दकर्ताहरु आफुहरको सम्पर्कमा नरहेको बिद्यालयका प्राध्यापक निर्प बहादुर कुवरले बताउनु भयो ।आवाज........निर्प बहादुर कुवर सँगको कुराकानी ......निर्प बहादुर कुवर सँगको कुराकानी डाउनलोड गर्नुहोस्
तर उता स्वतन्त्र बिधार्थी युनियन स्ववीयु सभापति सिद्ध जोशीले भने क्याम्पसले यो बिषयलाई चासो नदीएको आरोप लगाउनुभएको छ ।आफुहरुले यो बिषयमा क्याम्पस प्रसासनले स्पष्ठीकरण दिनु पर्ने माग राखे पनि क्याम्पस प्रसासनले वास्ता नगरेको उहाले बताउनु भयो आवाज.....स्ववीयु सभापति सिद्ध जोशी सँगको कुराकानी .....स्ववीयु सभापति सिद्ध जोशी सँग श्रावण १५ गते गरिएको कुराकानी डाउनलोड गर्नुहोस .....
क्याम्पस प्रसासनको लापरवाहीका कारण आज सम्म पनि स्ववीयु समानुपातिक प्रमाण पत्र बितरण नगरिएको तर भरखरै मात्र सम्पन्न भएको स्थानिय तह निर्वाचनलाई धुमधामका साथ स्वागत गरेको भन्दै अनिश्चीत कालिन तालाबन्दी गरिएको स्ववीयु सभापत्ती सिद्धराज जोशीले बताउनु भएको छ । क्यामपसमा तालावन्दी भएको ५ दिन बितिसक्दा समेत क्याम्पसमा ताला नखुल्दा आफहरुमारमा परेको बिद्यार्थीहरले गुनासो गरेका छन् ।बिद्यार्थिको समस्या लाई ध्यानमा राख्दै भोली बाट नियमित पठन पाठन हुने तर आफुहरुको आन्दोलन नरोकीने स्वतन्त्र बिधार्थी युनियन स्ववीयु सभापति सिद्ध जोशीले बताउनु भयो ।
श्रावण १६ सुखड
नवजीवन सहकारी संस्थाले मोवाईल बैंकिङ सेवा शुरु गरेको छ । आफ्ना सदस्यहरुको चाहाना र आवश्यकतालाई मध्यनजर गरि मोवाईल बैंकिङ सेवा शुरु गरीएकोे संस्थाका उपाध्यक्ष डाक्टर गोबिन्दराज जोशीले जानकारी दिनुभयो । उपाध्यक्ष जोशीले सोमवार बाट नवजीवनका ५ वटै शाखाबाट मोवाईल बैकिङ सेवा शुरु गरीएको बताउनुभयो ।यसमा मोवाईलबाट आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, एक खाताको रकम अर्को खातामा ट्रान्सफर गर्ने, मोवाईल रिचार्ज, टेलिफोन, ईन्टरनेट, डिस होम विल भुक्तानी लगायतको सेवा रहेको संस्थाका महाप्रबन्धक मोहनराज भट्टले जानकारी दिनुभयो । यो सेवाका लागि ‘नवजीवन एम बैंक’ नामको मोवाईल बैंकिङको सफ्टवेयर गुगल प्लेस्टोरबाट डाउनलोड गर्नुपर्ने छ ।
वान्नीगढी जयगढ गाउपालिका वडा नम्वर ५ का नेपाली कांग्रेसका कार्यक्रता माथि एमाले कार्यक्रताले खुकुरी प्रहार गरेका छन । कांग्रेसका क्रियाशिल सदस्य शुरेस ढोली माथि हिजो साझ एमाले कार्यक्रता विनोद ढोलीले खुकुरी प्रहार गरेको वताइएको छ । नेपाली कांग्रेसको आयेजनामा गाउपालिकाको वडा नम्वर ५ तथा साविकको कालिका गाविसमा विजयी सभा कार्यक्रम गरेर कांग्रेस नेता डक्वर स्वारको घरमा वसिरहेका वेला कांग्रेस क्रियाशिल सदस्य ढोलीमाथि एमालेका विनोदले घरमै आएर आक्रमण गरेका हुन । खुकुरी प्रहरवाट गम्भिर घाईते भएका ढोलीको टाउकोमा गम्भिर चोट लागेको कांग्रेस नेता डक्वर स्वारले वताउनु भएको छ । कांग्रेसका क्रियाशिल सदस्य सुरेश ढोलीमाथि भएको आक्रमणको कांग्रेस अछामले भत्सर्ना गर्नुका साथैलाई दोषीलाई कडा कार्वाहिको माग गरेको छ ।
नेकपा एमाले जील्ला कमीटीको आयोजनामा नव निर्वाचित जनप्रतिनिधीहरलाई बधाई तथा शुभकामना कार्यक्रम सुखडमा सम्पन्न भएको छ ।एमाले कैलाली जील्ला अध्यक्ष दिर्घ सोडारीको सभापत्तित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी एमाले उपाअध्यक्ष तथा प्रदेश नम्वर ७ इन्चार्ज भिम रावल रहनु भएको थियो ।यस्तै बिशीष्ट अतिथीमा सांसद गरिमा शाह रहनु भएको कार्यक्रमको अतिथीमा झपट रावल,कर्ण जैशी, लगायतका रहनु भएको थियो ।प्रमुख अतिथीको आसन बाट बोल्दै एमाले उपाअध्यक्ष रावलले स्थानिय तह जस्तै प्रदेश सभामा पनि एमाले पहिलो पार्टि बन्ने दावी गर्दै नव निर्वाचित जन प्रतिनीधीहरुलाई जनताका अपेक्षा अनुसार काम गर्न निर्देदन दिर्नु भएको छ ।सबै जनताको पार्टि एमाले भएकाले आफुहरु थारु बिरोधी भन्दै आरोप लगाएको प्रति आक्रोस पार्दै उहाले आफुहरु थारु बिरोधी हुनै नसक्ने तर्क गर्नु भएको छ ।निर्वाचनप्रछि मुलुकमा तिब्र बिकास हुने भन्दै उहाले जनप्रतिनीधी बाट आशावादी रहन आग्रह गर्नुभयो ।कार्यक्रममा एमालेको तर्फबाट कैलालीका बिभीन्न स्थानिय तहमा बिजय भएका जनप्रतिनीधी हरलाई बधाई तथा सम्मान गरिएको हो ।घोडाघोडी नगर इन्चार्ज खडक रावतको स्वागत मन्तव्य सँगै कार्यक्रम सुरु भएको थियो ।
रास्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान कैलालीको आयोजनामायहीश्रावण १४ गते सुखडमा खिर खाने कार्यक्रमहुने भएको छ ।कार्यक्रमममाएकल दोहोरी हुनुको साथै दोहोरी पनिहुने आयोजकले बताएको छ । उक्तकार्यक्रममा प्रतिस्ठानका आजिबन सदस्य,तथा सम्पुर्ण पधाधिकारीको उपस्थिति हुनका साथै घोडाघोडी नगरपालिकाका मेयर उपमेयर र वडा नम्बर एकका वडा अध्यक्षको उपस्थिति हुने रास्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान कैलालीका बरिस्ठ उपाअध्यक्ष मनिराम आर्चायले जानकारी दिनु भयो ।रास्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान प्रदेश नम्बर ७का संयोजक सुरत डोटेली कान्छा गायक जिबन थापा तथा स्थानिय कलाकारहरुको उपस्थिति हुने आयोजकले जनाएको छ ।कार्यक्रममा खिर खानुको साथै नयाँ प्रतिभाको खोजी हुने र कार्यक्रम घोडाघोडी बहुमुखीक्याम्पसको सभाहलमा हुने प्रतिस्ठाका बरिस्ठ उपाअध्यक्ष मनिरा मआर्चाय बताउनु भयो ।हरेक वर्ष श्रावण १५ गतेलाई अवसर पारेर रास्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान कैलालीले यस्ता कार्यक्रमबिभिन्न ठाउँमा गर्दै आएको छ ।
सरकारले नेपाललाई लोडसेडीग अन्त्य गर्ने भनीरहेका बेला मुलुकका बिभीन्न ठाउमा अनियमीत बिधुत कटौती भइरहेको छ ।यस्तै समस्या देखीएको छ । प्राधिकरणको चरम लापरवाहीका कारण यस्तो समस्या देखा परीरहेको स्थानियले आरोप लगाएका छन्। उनीहरुले के कारणले बिधुत कटोती हुन्छ तत्काल छानविन गरी लोडसेडिङ मुक्त गराउन माग गरेका छन् ।जीवन बिष्टको रिपोर्टे.......
नरेन्द्र धामी पहलमानपुर श्रावण १०
सुसासन सम्वन्धी गोलमेच सम्मेलन कैलालीको घोडाघोडी नगरपालीका १० पहलमानपुरमा मंगलवार सम्पन्न भएको छ । सम्मेलनमा घोडाघोडी नगरपालीकाका नव निर्वाचित मेयर ममता प्रशाद चौधरी , उप मेयर प्रेम कुमारी थापा वडा अध्यक्षहरु तथा वडा सदस्यहरु राजनितिक दलका प्रतिनिधिहरु विभिन्न संघ सस्थाका प्रतिनिधि पत्रकार सुरक्षाकर्मी लगायत यहाका स्थानिय व्यक्तिहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा सहभागी हरुले नव निर्वाचित जन प्रतिनिधी हरुलाई विभिन्न प्रश्न तथा जिज्ञाराहरु राखेका थिए । सहभागीहरुका प्रश्नको जवाफ दिदै नवनिर्वाचित मेयर ममता प्रशाद चौधरीले तत्कालका लागी चार वटा विषय दैनिक प्रशासनीक सेवा , विकास ,
रोजगारी र उत्पादकत्व वृद्धी मा केन्दीत रहेर योजना वनाईरहेको वताउनु भयो । त्यस्तै विकराल छाडा पशु चौपायाहरुको व्यवस्थापनका लागी सामुदायिक वनहरु संग समन्वय गरेर व्यवस्थापन गरिरहेको वताउनुभएकोे छ । ढलनिकासको समस्या समाधानका लागी के योजना छ ? भनेर राखिएको प्रश्नको जवाफ दिदै मेयर चौधरीले नेपालको भु उपयोग नितिनै नराम्रो रहेको वताउदै नगरपालीका भित्रका मुख्य वजारहरु सुखड , साडेपानि , पहलमानपुर र भालुफाटा क्षेत्रमा ढल निकासको समस्या समाधान गर्न विशेष योजना वनाईने वताउनु भएको छ । त्यस्तै सहभागीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिदै उपमेय प्रेम कुमारी थापाले समग्र घोडाघोडीको विकास संग संगै आफु माहिला भएकाले पनि माहिला सम्वन्धीका विभिन्न विसयहरु लाई समेटेर अघि वढने वताउनु भयो । कार्यक्रममा वडा अध्यक्षहरुलाई राखेका प्रश्न तथा जिज्ञासाहरुको पर्तिक्रिया दिदै वडा नम्वर १० का वडा अध्यक्ष्ँ भिम वमले यस वडामा वजार व्यवस्थापन , नदी कटानको समस्या समाधान, प्राकृतिक स्रोत साधनहरुको सम्भावनाको खोजी लगायतका कुराहरु विशेष प्राथमिक्तामा राखेर अघि वढने वताउनु भएको छ ।
त्यस्तै वडा नम्वर ४ र ५ का वडा अध्यक्ष द्धय टेक वहादुर वुढा र प्रेम वहादुर रोकायाले ति वडाहरुमा वाटोघाटोको व्यवस्था , नदिकटानको समस्या सामाधान , सुकुम्वासि समस्या सामाधान मुख्य कुरा रहेको वताउदै अहिले सम्म विस्तार हुन न सकेको विधुत सेवा यसै वर्ष भित्र विस्तार गर्ने गरि काम भईरहेको वताउनु भयो । कार्यक्रममा सहभागी वडा नम्वर ९ र वडा नं. १२ का वडा अध्यक्षहरुले आप्नो वडाको विकासका लागी आफुहरु ५ वर्ष सम्मको अवधिमा जनताका समस्या समाधाका लागी कटिवद्ध भएर लागी पर्ने वतााउनुभएको छ । कार्यक्रममा वोल्दै घो.न.पा. १० ,११ र १२ नं. वडाका वडा सचिव सुरेश राज पौडेलले विगत लामो समय देखि जन प्रतिनिधि विहिन भएको स्थानिय तहमा जन प्रतिनिधि आईसके पछि आफुलाई काम गर्न सजिलो भएको वताउनु भयो । युएसएआइडि साझेदारी विकास परियोजना तथा इक्वयल एक्सेस नेपालको आयोजनामा भएको उक्त गोलमेच सम्मेलनको सहजिकरण ईक्वयल एक्सेस नेपालका कार्यक्रम सल्लाहकार विनय गुरागाईले गर्नुभएको हो ।
अछाम क्षेत्र नम्वर २ वाट समानुपातिक सांसद जानकी साउदलले निर्वाचन क्षेत्र विकास कोषको रकम वाट थप एउटा एम्वुलेन्स खरीद गर्नु भएको छ । निर्वाचन क्षेत्र विकास कोषको रकमवाट अर्थिक वर्ष २०७१।७२ साउदले क्षेत्र नम्वर २ को विनायक स्वास्थ्य चौकिमा रहने गरी एम्वुलेन्स खरीद गर्नु भएको थियो भने हाल क्षेत्र नम्वर १ को रामारोशन गाउपालिकामा रहने गरी थप नया १ एम्वुलेन्स खरीद गर्नुभएको हो । खरीद गरीएको उक्त एम्वुलेन्स यहि श्रावण १६ गते सम्म अछाम जिल्लामा पुर्याईने उहाले वताउनु भएको छ । अछामी जनताको सेवाका लागी एम्वुलेन्स खरीद गरीएको वताउदै उहाले समयमै अस्पताल पुर्याई विरामीको अकालमै ज्यान जान नदिन एम्वुलेन्सले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिले साउन २३ गते परेको जनैपूर्णिमालाई सारेर श्रावण १३ गते ल्याएको छ । २७ वर्षपछि नाग पञ्चमी र जनै पूर्णिमा एकै पटक हुन लागेका हुन् । विसं. १९६३, १९८१, २०२८ र २०४७ मा पनि यस्तै भएको थियो । प्राध्यापक डा. रामचन्द्र गौतमले एक प्रेस विज्ञप्ति जारी गर्दै २३ गते पूर्णिमाको दिन अर्धरात्रि पूर्ण खण्डग्रास चन्द्रग्रहण भएकोले पञ्चमिको दिननै जनै पूर्णिमा मनाउन अनुरोध गरेका छन् । रेडियो कैलाली सुन्नु होस्
http://www.radiokailali.com.np/
अव मेरो पोष्ट डट कममा गिती कथा सुन्न सकिने
भएको छ ।
प्रस्तोता ः जीनव बिष्टको साथमा
९८२५६८८१६३ जीवन लाई फेसबुकमा खोज्नुहोस्
रेडियो कैलाली १०३.७ मेघाहर्ज बाट हेरेक शनिवार राति बिविसी नेपाली सेवा पछि प्रसारण भईरहेको गिती कथाको कार्याक्रम मेरो कथा मेरो गितको लागी तपाई आफ्नो गिती कथा पठाउन सक्नु हुन्छ ।
गिती कथा पठाउन तपाईले Jiban.kailali@gmail.comमा पनि पत्र पठाउन सक्नु हुन्छ
म सँग फेसवुकमा वावद हुन चाहानु हुन्छ भने यहा जानु होस
थप जानकारीको लागी जीवन बिष्ट ९८२५६८८१६३
Click Hear to Dawnload
पछिल्लो समय पानीपुरी र चट्पटे युवायुवतीहरुको चलन चल्तीको खाजा भएको छ । सस्तो, मिठो र सजिलै पाउन सकिने भएकाले यसको लोकप्रियता बढ्दो छ । माग बढ्दै गएपछि कैलालीका बिभीन्न बजारमा पानिपुरी ब्यसाय गर्नेको भिड देखिन्छ । ठेलामा जताततै पानी पुरी उपलब्ध हुन्छ ।पानीपुरी र चट्पटे स्कुले केटाकेटीको पनि प्रिय खाजा भएको छ । पानिपुरीको व्यापार व्यवसाय फस्टाउदै गएको पानिपुरी बेच्ने हरुले बताउने गरेका छन् ।दिनमा १ हजार देखी १५ सय महिलाको ३० देखी ४० बजार सम्म र सिजनमा ८० हजार देखी ९० हजार सम्म कमाई हुने गरेको उनीहरुले बताउने गरेका छन् ।
सहकर्मी जीवन बिष्टको रिपोर्ट......
स्थानिय विकास तथा शुसानमा रेडियोको भुमिका विषयक अन्तरकृया कार्यक्रम सम्पन्न ।।। चाँदनी आचार्य सुखड, कैलाली
स्थानिय विकास तथा शुसानमा रेडियोको भुमिका र दिगोपना विषयक सरोकार समुहविच अन्तरकृया कार्यक्रम सोमवार सुखडमा सम्पन्न भएको छ । युएसआईडिको साझेदारी विकास परियोजना अन्र्तगत ईक्वयल एक्सेस नेपालको सहयोग तथा रेडियो कैलाली एफएमको आयोजनामा भएको उक्त कार्यक्रममा घोडाघोडी नगरपालिका वर्दगोरिया गाउपालिका का जनप्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधिहरु, सरोकारवाला संघसंस्था, प्रहरी ,प्रशासन का साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा स्थानिय विकास र शुसानकालागि संचारमाध्यमको महत्वपुर्ण भुमिका रहेको वताउदै अधिंकास वक्ताहरुले निस्पक्ष स्वतन्त्ररुपमा सवैखाले समस्यालाई संचारमाध्यमले समेट्नुपर्ने सुझाएका थिए साथै उनिहरुले आ–आफ्नो ठाउवाट संचारमाध्यमलाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका थिए । चौथो अंगको रुपमा संचार रहेको र नकरात्मक पक्ष लाई भन्दानि सकरात्मक पक्षमा जोड दिई सत्यतथ्य सूचना प्रवाह गर्न घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रशाद चौधरीले आग्रह गरे । साथै उनले स्थानिय तहलाई दिईएको अधिकारमा संचारमाध्यम पनि रहेको र आउदा दिनमा आवश्यक निति वनाई दिगोपना र ब्यवस्थापनमा समन्वयात्मक भुमिका रहने वताए ।घोडाघोडी वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख, ईलाका प्रशासन कार्यालयका प्रमुख सितल ओखेडा, घोडाघोडाघोडी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष टेक वहादुर वुढा, १ का अध्यक्ष मनराज शाहि नेपाल रेडक्रस सोसाईटी दरख उपशाखा सभापति दिनेश कुमार लामिछाने समेतले स्थानिय विकास र सुशासनकालागि स्थानिय तह र संचारमाध्यमको समन्वात्मक र सकरात्मक भुमिका रहने वताए ।
कार्यक्रममा पत्रकार युवराज न्यौपाने ,भानुभक्त आचार्य, लिलराज खत्री, घनश्याम पौडेल लगायतले अव स्थानिय तहले संचारमाध्यमको समस्या वुझेर समानरुपमा समन्वयात्मक भुमिका खेल्नुपर्ने बताए ।कार्यक्रममा नेपाली कांग्रेसका भिम वडुवाल, लक्ष्मण शाहि, नेकपा एमालेका मेघ वहादुर साउद, माओवादी केन्द्रका चक्र विष्ट, जनमोर्चाका मेनुका खड्का , संघिय समाजवादि फोरमका शुशिला चौधरी, लगायतले आ–आफ्ना भनाईहरु राखेका थिए ।कार्यक्रममा ईक्वयल एक्सेस नेपालका कार्यक्रम सल्लाहकार विनय गुरागाईले संविधान र कानुनको अधिनमा रहेर स्थानिय तहले संचारमाध्यमको ब्यवस्थापन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा ईक्वेल एक्सेस नेपाल प्रकाश लामिछानेले अन्र्तकृयावाट आएका सुझाव लाई संचारमाध्यमले पालना गर्दै अघि वढ्न सुझाएका थिए । अन्तरक्रिया कार्यक्रमको सहजिकरण रेडियो कैलाली एफएमका प्रवन्धक नवराज खनालले गरेका थिए ।ईक्वेल एक्सेस नेपालले विगत देखि नै दिगो शान्ति स्थापना ,द्धन्द ब्यवस्थापन, स्थानिय विकाश र शुसासन लगायतमा केन्द्रित रेडियो कार्यक्रमहरु उत्पादनगरि विभिन्न रेडियो एफएमहरुमार्फत प्रशारण गर्दै आईरहेको छ ।
घोडाघोडी ताल क्षेत्रमा पाईने विश्वका दुर्लभ चराहरुको संरक्षण मा जुट्नु पर्ने कार्यक्रमका सहभागीहरुको जोड ।।।
घोडाघोडी ताल क्षेत्रमा पाईने विश्वका दुर्लभ चराहरुको संरक्षण मा जुट्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन। कैलालीका घोडाघोड नगर पालिका मा चरा संरक्षण नेटवर्कले आयोजना गरेको कार्यक्रममा सो कुरा बताइएको हुन कार्यक्रममा जिल्ला वन कार्यलय कैलालीका अधिकृत डा. राजेन्द्र के.सी ले हाल नेपालमा ८ सय ८६ प्रजातिका चराहश्र पाईने गरेकोले यीनै चराहरुको संरक्षण गरी पर्या वरणमा टेवा पुग्ने बताउनु भयो । बाईट
त्यस्तै डा. के सी. ले सामसदयक वन कर्मीहरुले सुकेका रुखहरु पनि संरक्षण गर्न पर्ने जस्ले चराहरुको वासस्थानमा सहयोग पुग्ने बताउनु भया ।े
बाईट कार्यक्रममा बोल्दै डा. के सी. ले हाल हाम्रा घर आगनमा आउने गौथली भगेराहरु मानविय कृर्याकलापका कारण लोप हुदै गएको हुदा एक मुठी मासुका लागि चराहरुको जिवन नष्ट नगर्न समेत सवैमा अनुरोध गर्नु भयो।
घोडाघोड नगर पालिका मा रहेको लठुवा सामुदयक वनको भवनमा कार्यक्रम स्थल नजिकै २ ओटा डोजर बाट धमाधम ढु¨ा गिट्टी बालुवा धमाधम उत्खनन् भै रहेको दृश्यले वन एन २०४९ मा अतिक्रमण गर्न नपाईने अनावश्यक घरटहरा सामुदयक वन भित्र बनाउन नपाईने संगै ढु¨ा गिट्टी बालुवा निकासी गर्न नपाइने रहदा रहदै सो कार्य भएको भेटिएकोले सो कार्यमा संलग्न जो भए पनि अब नगर्न अनुरोध गर्नु भयो र्काक्रममा डलफिन संरक्षण केन्द्र सचिव विजय राज श्रेष्ठ पि.सि.एन प्रतिनिधि हिरुलाल डगौरा घोडाघोड नगर पालिका का राप प्रसाद सापकोटा लगाएतले मन्तव्य राख्नु भएको कार्यक्रमको संचान लठुवा सामुदयक वन की सचिव रमा आचार्यले गर्नु भएको थियो ।
जीवन बिष्ट सुखड
घोडाघोडी नगरपालिकाका नव निर्वाचित जन प्रतिनिधीहरुलाई बधाई तथा सुभकामना कार्यक्रम घोडाघोडीमा सम्पन्न भएको छ । बिराट सनातन धर्मसस्कृती सम्वर्धन प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमका सभापत्ति गोविन्द राज जोशी रहनु भएको थियो ।कार्यक्रममा घोडाघोडी नगरपालिकाका सबै जनप्रतिनीधी लाई उपस्तीथीको लागी आग्रह गरिएको भए पनि मेयर,उपमेयर लगायत ५वटा वडाका वडा अध्यक्षहरु अनुपस्थीत रहेको प्रतिष्ठानका सचिव शंकर प्रसाद संञ्जालले बताउनु भएको छ ।कार्यक्रममा वडा नम्वर १का वडा अध्यक्ष मनराज शाही वडा नम्वर २का वडा अध्यक्ष हरिराज बिष्ट वडा नम्वर ४का वडा अध्यक्ष टेक बहादुर बुढा वडा नम्वर ५का वडा अध्यक्ष प्रेम बहादुर रोकाया वडा नम्वर ७ का वडा अध्यक्ष धन बहादुर बम वडा नम्वर १० का वडा अध्यक्ष भिम बहादुर बम र वडा नम्वर ११ का वडा अध्यक्ष दान सिहं जोशी लाई कार्यक्रममा बधाई तथा सुभकामना ज्ञापन गरिएको थियो ।कार्यक्रममा उपस्तीथ सबै जनप्रतिनीधीले सधैव जनताको सेवक भएर काम गर्ने बताएका हुन् ।कार्यक्रमपछि हामी सँग कुराकानी गर्दै वडा नम्वर १ का वडा अध्यक्ष मनराज शाहीले अहिले सम्म एनजियो आईएनजियो हरुले घोडाघोडी को धार्मीक तथा पर्यटकीय क्षेत्रलाई मागीखाने भाडो बनाएको भन्दै यसलाई रोक्न चुनौति भएता पनि आफहरुल घोडाघोडी लाई एकद्धार प्रणालीमा ल्याउने बताउनु भयो ।घोडोडीको व्यवस्थापनको लागी आफहरुले छिट्टै पहल गर्ने बताउनु भएको छ ।
https://www.youtube.com/watch?v=ff6aYZEz-C4
निश्चल मिडिया प्राली द्धारा सँञ्चालीत रेडियो कैलाली १०३.७ मेघाहर्जको लागी केही दक्ष तथा अनुभवीकर्मचारी आवश्यकता परेकाले इच्छुकले तरुन्त सम्पर्क राख्नु होला ।
आवश्यक कर्मचारी
समाचारको लागी २ जना १ जना पुरुष र १ जना महिला
मार्केटीङ (बजार व्यवस्थापक)को लागी २ जना
तलव तथा सेवा सुविधा आपसि समझदारीमा तय गरिने छ
सम्पर्क गर्ने अन्तीम मिति ः २०७४ श्रावण १४ गते
थप जानकारीको लागी रेडियो कैलाली १०३.७ मेघाहजको कार्यालय घोडाघोडी नगरपालिका १ सुखड
०९१४०३०५५
बाजा बजाएर, हुड्के नाचेर छाक टार्न मुस्किल हुने गरेको गुनासो ।।। जीवन बिष्ट सुखड भिडियो हेर्न तलको लिंकमा जानुहोस https://www.youtube.com/watch?v=eK9cqUsld4M
सुदूर र मध्य पश्चिममा प्रचलित हुड्के परम्परा बिस्तारै हराउदै गईरहेको छ ।बदलिँदो जीवनशैलीसँगै त्यस्तो पेशा जोखिममा परेपछि आफूलाई सांस्कृतिक सम्पदा जोगाउन गाह्रो भएको उनीहरु बताउँने गरेका छन् ।नेपाली मौलिक लोकसंस्कृति, लोकबाजाको साटो आधुनिक तथा विशेष गरी पश्चिमा संस्कृति गाउँगाउँसम्म झाँगिँदै छ । आफ्नो पेसा, संस्कृति धरापमा पर्न थालेपछि सुदुर तथा मध्य पश्चिमका हुड्केहरू चिन्तित छन् । बाजा बजाएर, हुड्के नाचेर छाक टार्न मुस्किल हुने गरेको उनीहरुको गुनासो छ।
सुदूर र मध्य पश्चिममा प्रचलित हुड्के परम्परा अन्तर्गत कलाकारहरु सामाजिक र ऐतिहासिक गीत गाउने गर्दछन्। बदलिँदो जीवनशैलीसँगै त्यस्तो पेशा जोखिममा परेपछि आफूलाई सांस्कृतिक सम्पदा जोगाउन गाह्रो भएको उनीहरु बताउँछन्।
हुड्केली नाच अथवा हुड्के नाच नेपालको पश्चिमी भेकमा प्रचलित नाच हो। यो सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको लोकप्रिय नाच मध्ये पर्छ । हुड्केली नाच हुड्काको तालसँग नाचीन्छ। पश्चिम नेपालको चर्चीत देउडा भाकामा गाइने हुड्केली गितमा पौराणीक कथा, राजा महाराजाहरू गाथाको बर्णन र पुराना लडाईका कथाहरू समाबेश गरिन्छ । जसलाई स्थानिय भाषामा कर्खा अथवा भारत भनिन्छ । बिबाह ब्रतबन्ध पास्नी तथा अन्य सुभ कार्यहरूमा यो नाच नाच्ने गरिन्छ ।
हुड्को डमरु जस्तै एक हातले समातेर बजाउन मिल्ने बाजा हो । यो नाच नाच्नेले टाउकोमा सेतो फेटा पगडी बाँधेको हुन्छ भने सेतो नै पहिरन लगाएको हुन्छ र रातो कपडा छड्के पारेर कम्मरमा बधेको हुन्छ । प्राय वीरगाथा गाइने यस नाचमा ताण्डब नृत्यमा एक जनाले गाउने र अरुले साथ दिने गर्छन । यो नाचलाई भारतको उत्तराखण्डमा लोकप्रिय नाचको रुममा लिइन्छ । उत्तराखण्डमा हुड्के नाचलाई छलिया नाच भनिन्छ । हुड्केली पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा प्रचलित नाच्ने र गाउने लोकनृत्य एवं गीत हो । यो दमाई जातिबीच कायम छ । यसलाई हुड्के नाच भनेको पनि पाइन्छ । विवाह, उत्सव, विभिन्न सांस्कृतिक तथा राजनीतिक कार्यक्रममा पनि हुड्केली नाचिन्छ । भारतको कुमाउँ, गढवाल हुँदै पश्चिम नेपाल आएको हुड्केली नाच अहिले भारतको राजस्थानमा पनि नाच्ने गरिन्छ ।
पछिल्ला दशक सामाजिक संस्कारका चलन फेरिएका छन् । पञ्चैबाजा बजाएर धुमधामसाथ बिहे गर्ने चलनमा कमी आएको छ । हुड्के बोलाउने, रत्यौली गाउने, फड्को, मांगल नाच्ने दिन अब गए । नेपाली मौलिक लोकसंस्कृति, लोकबाजाको साटो आधुनिक तथा विशेष गरी पश्चिमा संस्कृति गाउँगाउँसम्म झाँगिँदै छ । आफ्नो पेसा, संस्कृति धरापमा पर्न थालेपछि सुदुर तथा मध्य पश्चिमका हुड्केहरू चिन्तित छन् ।
नयाँ पुस्तालाई हुड्केको महत्त्वबोध गराउन उनीहरू आफ्नै खर्चमा नाच प्रदर्शन गर्छन् । विरलै हुने सार्वजनिक कार्यक्रममा हुड्के नाच्छन् । बाजा बजाएर, हुड्के नाचेर छाक टार्न मुस्किल हुने गरेको उनीहरुको गुनासो छ ।त्यस्तै, हुक्काजस्तै हुड्को बजाएर, नाचिने एक प्रकारको नाच हुड्के हो । लहरे, घुम्ने, ठाडे र प्रस्टाउने गरी चार किसिमले हुड्के नाचिन्छ । जसका लागि हुड्के १ र रागी २ अर्थात् स्वर मिलाउनुपर्ने हुन्छ । बदलिँदो जीवनशैलीसँगै त्यस्तो पेशा जोखिममा परेपछि आफूलाई सांस्कृतिक सम्पदा जोगाउन गाह्रो भएको उनीहरुले बताउँने गरेका छन् ।
मेरो प्यारो साथीको जन्मदिनको सुखद घडीमा नेपाली शब्दकोशमा रहेका सम्पूर्ण शुभकामनारुपी शब्दहरुको पुष्पगुच्छा अर्पित गर्न चाहन्छु ।
बसन्त ऋतुको फूलको थुङ्गा तिमीलाई, वर्षा ऋतुको वर्षाको पहिलो थोपा तिमीलाई, शरद ऋतुको नयाँ चामलको खिर तिमीलाई, शिशिर मासमा थरथर काम्ने यो दिल तिमीलाई, के दिउ अरु आजको दिनमा, बचेको यो सारा जीवन तिमीलाई ।
तिमीले जिन्दगीमा चालेका हरेक पाईलाहरुले सफलताको शिखर चुमी रहोस, फलोस फुलोस यही छ मेरो चाहना, जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।जन्मदिनको पावन अवसरमा शुस्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगती एवं तिम्रा हरेका इच्छाहरु पुरा हुदैँ जाउन भनी शुभकामना दिन चाहन्छु ।
दुःख,पिडा,चिन्ता,रोग जतिलाई सुटुक्कै बाढीले बगाई लगोस अनि छ नि सुख,सन्तुष्टि,उमंग अनि सफलताले जतिले तिमीलाई माने के नाम अह..ए अह...बल्ल याद आयो चुम्बकले फलाम छोपे झैँ च्यापै छोपिराखोस । लौ यो वर्षलाई यसैले काम चलाउ अर्को वर्ष अलि राम्रो शुभकामना पठाउला ।
सबैको मुख–मुखले तिम्रै नाम लिउन्, भगवानले तिमीलाई राम्रो आशिष दिउन् । मिठो बोलेर सँधै तिमीले, हाँसी दिए पुग्छ मलाई, लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई । तिम्रो जन्म दिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ, लाखौं लाख शुभकामना ...
गद्य कविता पुस्कल पौडेल
तिम्रो जन्मदिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।
कोमल तिम्रो पाउमा काँडाले नघोचोस्,
आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्,
हरेक पाइलामा तिमीलाई सफलता मिलोस्,
दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् ।
दुबै हातहरू मेरा छन् खाली, छैन केही पनि दिनलाई,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।
दुःख भागोस् अघि सुखले पक्ष्याओस्,
बसन्तले तिम्रो पाउमा बाहार ओक्ष्याओस्,
सबैको मुख–मुखले तिम्रै नाम लिउन्,
भगवानले तिमीलाई राम्रो आशिष दिउन् ।
मिठो बोलेर सँधै तिमीले, हाँसी दिए पुग्छ मलाई,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।
तिम्रो जन्म दिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,
भारतीय नागरिकसहित पाँच जना पक्राउ ।।। मख्खन थारु सुखड
कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियाबाट एक भारतीय नागरिकसहित पाँच जना पक्राउ कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियाबाट युवती बेचबिखनको आशंकामा एक भारतीय नागरिकसहित अन्य पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति काठमाडौंबाट धनगढीका लागि छुटेको यात्रुबाहक बसमा भारतको भगवानपुर भन्ने ठाउँमा बस्ने २१ वर्षीय श्याम कुमार र साथमा काभ्रे नमोबुद्ध नगपालिका–५ घर भएकी १८ वर्षीय तामाङ थर भएकी एक युवतीलाई सुराकीका आधारमा पक्राउ गरेको मालाखेती इलाका प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रबाट दुई र अत्तरिया आसपासको क्षेत्रबाट तीन पुरुषलाई अनुसन्धानका लागि पक्राउ गरिएको मालाखेतीका प्रहरी प्रमुख हिक्मतबहादुर बोहराले जानकारी दिनुभएको छ । घटना शंकास्पद देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रदेश नम्बर ७ मा तीन हजार ८४६ जना जनप्रतिनिधि निर्वाचित ।।। कमल सावद धनगढी
गत असार १४ गते भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनबाट प्रदेश नम्बर ७ मा तीन हजार ८४६ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । नौ वटै जिल्लामा रहेको ८८ वटा स्थानीय तहका लागि सो सङ्ख्यामा जनप्रतिनिधि निर्वाचित भएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीले जानकारी दिएको छ । निर्वाचित सबै जनप्रतिनिधिले पद्भार ग्रहण गरेर स्थानीय तहको जिम्मेवारी सम्हालेका जनाइएको छ । असार १४ गतेको निर्वाचनबाट १३ स्थानीय तह रहेको कैलालीमा सबैभन्दा बढी ६५६ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । यसैगरी, १२ स्थानीय तह रहेको बझाङमा ४९४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । १० स्थानीय तह रहेको अछाममा ४७५, नौ स्थानीय तह रहेको डोटीमा ३४३, नौ स्थानीय तह रहेको बाजुरामा ३६३, १० स्थानीय तह रहेको बैतडीमा ४४० जना प्रतिनिधि निर्वाचित भएको क्षेत्रीय निर्वाचन कार्यालयले जानकारी दिएको छ । यसैगरी, नौ स्थानीय तह रहेको कञ्चनपुरमा ४७८, नौ स्थानीय तह रहेको दार्चुलामा ३२३ र सबैभन्दा कम सात स्थानीय तह रहेको डडेल्धुरामा २७४ जना प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन भएको १५ दिनभित्रै आदिवासी जनजाति र दलित समुदायबाट सदस्य थप्नेक्रम पनि जारी रहेको छ । ८८ वटै स्थानीय तहमा थप २१० प्रतिनिधि थपिएर जम्मा निर्वाचित हुने प्रतिनिधि सङ्ख्या चार हजार ५६ जना पुग्ने क्षेत्रीय निर्वाचन कार्यालयका शाखा अधिकृत प्रेमराज भट्टले जानकारी दिनुभयो । उहाँले दलित तथा आदिवासी जनजातिबाट हरेक नगरपालिकामा तीन÷तीन र गाउँपालिकामा दुई÷दुई जना सदस्य थप्ने प्रावधान रहेको बताउनुभयो । कतिपय स्थानीय तहमा थपिने सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध नभएको स्थानीय तहमा असार ३० गते भोली निर्वाचन हुँदैछ । प्रदेश नम्बर ७ मा एक उपमहानगरपालिका, ३३ वटा नगरपालिका र ५४ वटा गाउँपालिका रहेको छ । ८८ वटै स्थानीय तहमा भएको निर्वाचनबाट प्रदेश नम्बर ७ मा ३९ स्थानीय तहमा विजयी प्राप्त गरेर नेकपा एमाले पहिलो शक्ति बनेको छ । ३८ स्थानीय तहमा चित्त बुझाएको नेपाली काङ्ग्रेस दोस्रो र १० स्थानीय तह जितेको नेकपा माओवादी केन्द्र तेस्रो शक्ति बनेको छ । नेपाल लोकतान्त्रिक फोरमले एक स्थानीय तह जितेर आफ्नो साख जोगाएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि अब सबै जिल्लामा जिल्ला समन्वय समिति गठनको तयारी गर्न थालिएको जनाइएको छ ।
चार माध्यमले कुनै राजनीक आडमा नपरी निश्पक्ष र सत्यताको पक्षमा कलम चलाउनु पर्ने नगर प्रमुख देउवाको भनाई ।।। रमेस बिसी मसुरीया
कैलालीको मसुरियामा रहेको सामुदायीक रेडियो सखि ९५.८ मेगाहर्जले दक्ष जनशक्ती उत्पादन गरि युवाहरुलाई शशक्त बनाई समाजमा रहेका बिकृतीबाट समाजलाई सचेत बनाउने उदेश्यले आयोजना गरेको ७ दिने रेडियो उदघोषण पत्रकारीता तथा क्षमता अभिबृद्धी तालीम आजबाट सुरुभएको छ । रडियोका संचालक समिती सदस्य भोज मन्नीको सभापतित्वमा सम्पन्न समुदघाटन कार्यक्रमका प्रमुख अथिती गौरीगंगा नगरपालीकाका नगर प्रमुख भिम देउवा रहनुभएको थियो । बिशीष्ट अथितीमा नेपाली रेडियोहरुको छाता संगठन बानका प्रदेश न.७ उपाध्यक्ष,कैलालीको अत्तरीयामा रहेका गोदावरी एफ.एम का प्रबन्ध निर्देशक एबंम तालीमका प्रशिक्षक गोबिन्द रोस्यारा रहनुभएको थियो । अथितीहरुमा नेपाल पत्रकार माहासंघका सदस्य दिनेश दहित,पत्रकार घनश्याम पौडेल, स्टेशन म्यानेजर रमेश बि.सी. लगायतका रहनुभएको थियो । समुदघाटन कार्यक्रममा प्रमुख अथितीको आशनबाट बोल्दै गौरीगंगा नगरपालीकाका प्रमुख भिम देउवाले समाज परिबर्तनमा संचारको अहिले निक्कै महत्व रहेको भन्दै संचारकर्मीहरुले कुनै राजनीक आडमा नपरी निश्पक्ष र सत्यतथ्य बाहीर ल्याउनमा महत्वपुर्ण भुमीका खेल्नु पर्ने औंल्याउनुभयो । भर्खरै सम्पन्न निर्बाचनमा आफुलाई अमुल्य मतदिएर बिजयी गराउने आम मतदाताहरु प्रति आभार ब्यक्तगर्दै प्रमुख देउवाले आफनो कार्यकालमा आफुले गर्ने हरेक कार्यमा सबैको रचनात्मक सहयोग मिलेमात्र नगरलाई समृद्ध बनाउन सकिने भन्दै सबैलाई सहयोगका लागी अपील समेत गर्नुभयो ।
सावीक पहलमानपुर गाविसको आर्थीक वर्ष २०७३ ÷ ०७४ को तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न ।।। जीवन बिष्ट पहलमानपुर
घोडाघोडी नगरपालीका वडा नं. १० , ११ , १२ तथा सावीक पहलमानपुर गाविसको आर्थीक वर्ष २०७३ ÷ ०७४ को तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । वडा कार्यालयले दिने सेवा सुवीधाहरुमा प्रभावकारीता ल्याउने उद्धेश्यले यु एस ए आइडी तथा साझेदारी विकास परियोजना को सहयोग हुराड्स टिकापुर कैलालीको सहकार्य र सावीक पहलमानपुर गाविसको आयोजनामा कार्यक्रम सन्चालन गरिएको हो । कार्यक्रममा घोडाघोडी नगरपालीका वडा नंं. १० , ११ , १२ का नव निर्वाचित वडा अध्यक्षहरु भिम वहादुर वम , दान सिह जोगी , पर्ना चौधरी लगायत वडा सदस्यहरुको आतिथ्यता रहेको थियो । कार्र्यक्रममा वोल्दै तिन वटै वडाका वडा अध्यक्षहरुले वडा कार्यालय वाट दिईने सेवाहरुलाई चुस्त , दुरुस्त वनाउदै जनमुखी सेवा प्रवाहका लागी आगामी दिनहरुमा आफुहरु कटीवद्ध भएर लाग्ने वताउनु भयो । त्यस्तै हुराड्स टिकापुर कैलालीका कार्यक्रम संयोजक मान वहादुर वमले कार्यक्रमको उद्धेश्यको वारेमा प्रकास पार्नु भएको थियो । कार्यक्रममा हुराड्स टिकापुर कैलालीका अध्यक्ष पुर्ण राज महतो , अनुगमन तथा मुल्यांङकन अधिकृत विकास चौधरी लगायतका विभिन्न संघ सस्थाका प्रतिनिधी , वडा वासी सर्वधारण नागरिक , सन्चारकर्मी , शुरक्षाकर्मी लगायतको वाक्लो उपस्थीति रहेको थियो । सावीक पहलमानपुर गाविस सचिव सुरेश राज पौडेलले स्वागत मन्तव्य संगै सार्वजनिक सेवा प्रवाहको जानकारी गराउनु भएको कार्यक्रमको सन्चालन पत्रकार गगन कठायतले गर्नुभएको हो ।
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईंयो ।।।
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती ।देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए ।उनका बधुशिक्षा, प्रश्नउत्तर, भक्तिमाला, रामगीतालगायतका कृति सदावहार रुपमा चर्चित छन् ।भानुजयन्तीलाई विश्वभर रहेका नेपाली भाषीहरुले राष्ट्रिय चाडकै रुपमा मनाउँछन् ।
जीवन बिष्टको एक रिपोर्ट....
देशमै सबैभन्दा बढी संख्यामा नदी, खोला र खोल्सा भएको जिल्लाका रुपमा चिनिएको कैलालीमा प्रत्येकजसो वर्षायाममा हुने नदी कटानसंगै डुबानको समस्या विकराल हुँदै गएको र नदी आसपासका जग्गासमेत बालुवामय हुने गरेका छन् । कैलालीको मध्य क्षेत्र सुखडमा अवस्थीत डोढा नदीले पनि कतिका ज्यान लिएको छ भने कति परिवार लाई बिस्तावित पारेको छ ।साविक साढेपानी गाविस हुने बेला साबिक ७ र ८ नम्वर वडाको १५÷२० जनाको परिवार डोडा नदीकै कारण बिस्तावीत भएको बताउनु हुन्छ ।दिपनगरका स्थानिय जगन्नाथ उपाध्याय आवाज....
ढोडा नदीबाट बिस्तापीत भएको परिवार मध्ये शिव राज उपाध्यायको परिवार पनि एक हो ।बिगतका ५ बर्ष बाट उहो यो समस्या झेल्दै आइरहनु भएको छ ।समस्या समाधानको लागी सम्वन्धीत निकायको सहयोग मागेको तर सुनुवाई नभएको उहाको गुनासो छ ।आवाज....डोडा नदीले अहिले सम्म कति घर बिस्तापित भए र कतिको ज्यान लियो एकिन तथ्याकं भने छैन । बिगतका ७ ÷८ बर्ष देखी दिपनगरकै अर्जुन बिश्वकर्माको परिवारले पनि यो समस्या झेल्दै आइरहेको छ ।नदी नजिकै भएकाले अझैपनि त्रासले नछोडेको उहा बताउनु हुन्छ आवाज....
डोढा नदीकै कारण पनि कति परिवात त बिस्तापित भएका छन् बितेका घटना भन्दा पनि अव यस्ता घटना हुन नदीन तर्फ आफहरु आग्नु पर्ने र यस्को लागी तटबन्द लाई मुख्य प्राथमीकता दिनु पर्ने बताउनु हुन्छ अर्की स्थानिय सुमित्रा थापा आवाज....
नदीले बर्सेनी कटान गरिरहेको छ बाढीका कारण कतिपय परिआवाज....
वार बिस्ताबित भएका छन भने कति परिवार उच्च जोखीममा छन् ।बातावरणीय मुल्याकन सन्तुलन नहुदा यो समस्या निम्तीएको बताउनु हुन्छ फेरी जगन्नाथ उपाध्याय
बिगतका राजनीतिक दलका प्रतिबद्धता प्रतिबद्धतामै सिमीत भएपनि अहिलेका नर्व जनप्रतिनीधीहरुले यो समस्या समाधान गर्नमा ढुक्क रहेको स्थानियले बताउने गरेका छन् ।आवाज....
जीवन बिष्ट सुखड
देशका ७५ मध्ये ६७ जिल्लाका स्थानीय निकाय जनप्रतिनिधिले भरिएका छन् । दोस्रो चरणको स्थानीय निर्वाचन सकिएपछि २ नम्बर प्रदेशमा मात्र अब निर्वाचन हुन बाँकी छ । यसअघि २० वर्षदेखि हुन नसकेको चुनाव यसपाली सम्पन्न भएको छ । स्थानिय तहको निर्वाचन बाट चुनीएका जनप्रतिधीहरु बाट स्थानीयले निकै अपेक्षा गरेका छन् ।अहिले सम्म रोकीएका कामले अव गतीलिनेमा उनीहरु ढुक्क छन् सुखड ज्यावा नगरका स्थानिय चन्द्र थापा आवाज....
नव निर्वाचित जनप्रतिनीधिहरु सँग स्थानियका अपेक्षा धेरै ठुला पनि छैनन् गाँउघरमा बाटोघाटो ,पुल पुलेसा,खानेपानी,बिजुली बत्ती स्वास्थ्य र सञ्चारको सुबिधा यिनै हुन स्थानियका आशा खैलाड की स्थानिय मनिसा कार्की आवाज....
स्थानियका समस्या धेरै छन् यहाका युवा रोजगारी खोज्न बिभीन्न सहर तथा देशमा भौतारिरहेका छन् । युवाको क्षेत्रमा पनि काम गरिदिए हुन्थ्यो भन्नु हुन्छ सुखडका स्थानिय बलराम भण्डारा आवाज....
यो क्षेत्रमा बस्ने स्थानियका समस्या एउटै किसीमका भने छैनन् र नव निर्वाचीत जन प्रतिनीधि सँग अपेक्षा पनि एउटै किसीमको छैनन् यो क्षेत्रमा बिकाश निर्माणका पुर्वाधार खडा गर्नुपर्ने र महिलाका समस्या लाई पनि प्राथमीकतामा राख्नु पर्ने भनाई छ जोशीपुरकी स्थानिय कल्पना थापा क्षेत्रीको आवाज....
२० बर्ष पछि स्थानिय तहको निर्वाचन वल्ल तल्ल सम्पन्न भएको छ ।अहिले सम्म हुन नसकेको काम अव जन प्रतिनीधी बाट हुनेमा ढुक्क रहेको बताउनु हुन्छ फेरी चन्द्र थापा आवाज....
बिगतमा स्थानिय क्षेत्रको लागी आउने बजेट पनि फ्रिज हुदै गएको पाईन्थ्यो ।तर अव त्यसो नहुनेमा स्थानिय बिस्वस्त छन् ।छाडा पशु छौपाया पनि सुखडको मुख्य समस्यामा हो ।यो समस्या समाधानको लागी जनप्रतिनीधीहरुबाट अपेक्षा गरेको बताउनु हुन्छ फेरी बलराम भण्डारा आवाज....
यि हुन हामीले देखेका र सुनेका स्थानियका समस्या सबैका समस्या फरक फरक खाले छन् ।अव स्थानिय क्षेत्रले पनि बिकासको गती लिने बेला आएको छ ओउनुहोस हामी सबै जनता र जनप्रतिनीधी एक जुट हौ र बिकास निर्माण तर्फ पाईला बढाउ ।।।
जीवन बिष्ट सुखड
उद्योग वाणिज्य संघले काम गर्न नसकेको भन्दै लम्कीमा वजार व्यावस्थापन समिति गठन ।।। युवराज न्यौपाने लम्की असार २८ फोटो .ंयुवा व्यवसायी दिपक कुमार तिमिल्सेना
लम्की चुहा उद्योग वाणिज्य संघले समग्र लम्की वजारको विकास र वजार व्यवस्थापनमा चासो नदिएको भन्दै लम्कीमा व्यावसायीले आज लम्कीमा लम्की वजार व्यवस्थापन समिति गठन गरेका छन् । आज लम्की वजारमा भेला भएका व्यावसायीहरुले युवा व्यवसायी दिपक कुमार तिमिल्सेनाको अध्यक्षतामा ३१ सदस्यीय लम्की वजार व्यावस्थापन समितिको तदर्थ कमिटि गठन गरिएको हो । लम्की वजारमा रहेको व्यापारी , व्यावसायीको हक हित तथा लम्की वजार क्षेत्रमा रहेको विद्यमान समस्याहरुलाई पहल गरी व्यावस्थीत वजार निमार्णका लागी वजार व्यावस्थापन समिति गठन गरिएको आज गरिएको निर्णयमा उल्लेख गरिएको छ । समतिले समग्र लम्की वजारको व्यावस्थापनमा विषेश पहल चाल्ने अध्यक्ष तिमिल्सेनाले वताएका छन् । नव गठीत समितिको उपाध्यक्षमा पुष्पराज तिमिल्सेना, सचिवमा मनिष न्यौपाने,कोषाध्यक्षमा सन्तोष कुमार ओली चयन भएका छन् । यसै गरी लम्की वजार व्यावस्थापन समितिको सदस्यहरुमा डिल्लीराम पौड्याल,रमेश रावल,कृष्ण थापा,विजय राठौर,राज व.शाही,मनिष थापा,अशोक डाङ्गी,प्रकाश विष्ट,तिलक देवकोटा,खेम खत्री,तपेन्द्र ढकाल,वखत भण्डारी,महेश रावल,जनक वुढा क्षेत्री,प्रकाश केसी,नारायण तिमिल्सेना,खकेन्द्र धमाला,सन्तोष सापकोटा,हृदय वजगाइ, काँशीराम ओली र दमनध्वज विष्ट लगायतका रहेका छन् । यसै गरी वैठकले लम्कीका व्यावसायी पंकज अग्रवालको असामयीक निधनमा शोक प्रस्ताव पारीत गर्दे एक दिने लम्की वजार वन्दलाई समर्थन गर्ने निर्णय समेत गरेको समितिका सचिव मनिष न्यौपानेले जानकारी दिनुभयो ।
कैलालीको मध्यवर्ति क्षेत्र छाडा पशु चौपायाका कारण सडक दुर्घटनाको उच्च जोखिममा,, चौपाया सडक क्षेउमै बस्न थालेपछि बजार क्षेत्र कुरुप बन्दै ,, सम्वन्धीत निकायाले ब्याबस्थापनमा कुनै चासो नदेखाएको स्थानियको आरोप ।।। जीवन बिष्ट सुखड
कैलालीको मध्यवर्ति क्षेत्र सुखड बजारमा छाडा पशु चौपायले गर्दा सडक दुर्घटनाको उच्च जोखिमा रहेको छ । बजार क्षेत्रमा छाडा पसु चौपायाले अखडा जमाएर बस्दा दुर्घटनाको जोखिम बढ्दै गैरहेको छ भने बजार क्षेत्रको सुन्दरता हराउदै जानुले बजार क्षेत्र कुरुप बन्दै गैरहेको छ ।घोडाघोडी नगरपालिका घोषणा भएको बर्षौ भइसक्दा समेत बजार क्षेत्रको सरसफाई र छाडा पशु चौपायाको ब्याबस्थापनमा कुनै चासो नदेखाएको स्थानियले आरोप लगाएका छन् ।सुखड बजार जंगल क्षेत्रको नजिक भएकाले पनि यस्को नियन्त्रण गर्न कठिन भएर्कोे र बजारको सरसफाइका नगरपालिकालेनै जिम्मा लिनु पर्ने स्थानियले बताए छन् ।घोडाघोडी नगरपालिका संग कान्जि हाउस नभएको र छाडा पशुहरु नियन्त्रण गर्न जनसक्ति नभएकाले दुृर्घटना घढ्ने बताइएको छ ।
सबै भन्दा पहिले घोडाघोडी नगरपालिकामा बिकासका पुर्वाधार लाई पहिलो प्राथमिकता दिने मेयर ममता प्रसाद चौधरीको भनाई,, जनतामा आवश्यकता लाई मध्य नजर गर्दै काम गर्ने प्रतिवद्धता,, घोडाघोडी ताल क्षेत्रको बिकासको लागी मार्ग चित्र तयार भइरहेको दावी ।।। जीवन बिष्ट सुखड
सबै भन्दा पहिले घोडाघोडी नगरपालिकामा बिकासका पुर्वाधार लाई पहिलो प्राथमिकता दिने घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीले बताउनु भएको छ ।उहाले बाटो घाटो,शिक्षा ,स्वास्थ्य खानेपानी ,बिधुत र सञ्चार लगाययत रोजगारी सृजना गर्न गुरु योजना तयार पार्ने उहाले बताउनु भयो । रेडियो कैलालीको एक बिशेष कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।अहिले सम्म कर्मचारीको भरमा चलीरहेको स्थानिय तहमा जनप्रतिनिधी आए सँग बिकासले गती लिनेमा उहाले जोड दिनु भयो ।स्थानिय क्षेत्रको बिकासको लागी सबै सँग सहकार्यको काम भइरहेको उहाले बताउनु भयो ।जनतामा आवश्यकता लाई मध्य नजर गर्दै बिकास निमार्णका कामलाई अगाढी बढाउने उहाले बताउनु भयो ।स्थानिय क्षेत्रको लागी छुटाइएको बजेट अव सम्वन्धीत शिर्षकमै खर्च हुने भन्दै उहाले अव बजेट फ्रिज नहुने प्रष्ठ पार्नु भयो ।सरोकारवाला निकाय सँग छलफल गरि सुखड बजार व्यवस्थापन गर्ने मार्ग चित्र तयार गर्ने उहाले बताउनु भयो ।घोडाघोडी नगरपालिकामा २५ शैयाको अस्पताल बनाउन पहल गर्ने उहाले बताउनु भयो ।साथै उहाले पर्यटकीय दुष्टीले महत्वपुर्ण घोडाघोडी क्षेत्रको बिकासको लागी मार्ग चित्र तयार भइरहेको बताउनु भयो ।